डेक्लन राइसको लागि आर्सनल र म्यान सिटी बीच प्रतिस्पर्धा

प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी र आर्सनल बिच वेस्ट ह्यामका स्टार डेक्लन राइसको लागि कडा प्रतिस्पर्धा हुँदै गरेको छ।

वेस्ट ह्याम डेक्लन राइसलाई बेच्न तयार रहेको छ तर उनको लागि वेस्ट ह्यामले १०० मिलियन पाउन्ड भन्दा धेरैको माग गर्ने रिपोर्ट रहेको बेला सिटी र आर्सनल दुवैले उनको लागि ९० मिलियन सम्मको प्रस्ताव गरेको छ जुन वेस्ट ह्यामले अस्वीकार गरेको छ।

हाल सम्म आर्सनलले वेस्ट ह्यामलाइ दुई पटक प्रस्ताव पठाएको छ र वेस्ट ह्यामले दुवै प्रस्ताव अस्वीकार गरेको थियो र सोमबार सिटीले आफ्नो पहिलो प्रस्ताव पठाएको थियो जुन ८० मिलियन र १० मिलियन बोनस रहेको थियो यद्यपि वेस्ट ह्यामले उक्त प्रस्ताव पनि अस्वीकार गरेको छ।

वेस्ट ह्यामको माग १०० मिलियन भन्दा माथि सम्मको रहेको छ र आर्सनलले आफ्नो तेस्रो प्रस्ताव चाडै पठाउने पनि रिपोर्ट छ र उक्त प्रस्ताव १०० मिलियन सम्मको हुने अनुमान हुँदै गरेको बेला सिटीले पनि उक्त अवस्थामा आफ्नो निगरानी राख्ने छ।

वेस्ट ह्यामले यो सिजन युरोप कन्फेरेन्स लिग जितेको थियो र वेस्ट ह्याममा यो सिजन डेक्लन राइसको प्रदर्शन निकै महत्त्वपूर्ण रह्यो तर राइस यस ट्रान्सफर विन्डो क्लब छोड्न इच्छुक रहेका छन् भने वेस्ट ह्याम पनि उनलाई बेच्ने तयारीमा छ।

उनलाई साइन गर्न सिटी र आर्सनल सहित म्यानचेस्टर युनाइटेड र जर्मन क्लब बायर्न म्युनिखब पनि इच्छुक रहेको थियो तर राइसको प्राथमिकता प्रिमियर लिग क्लबनै हुने जानकारी छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ