डर्ट्मुन्डको शान्दार जित, हालान्डको सनसनीपूर्ण प्रदर्शन जारी

जर्मन बुन्डेस लिगा अन्तर्गत शुक्रबार राती भएको खेलमा बोरुसिया डर्ट्मुन्डले एफसी क्लोनमाथी फराकिलो जित निकालेको हो ।

खेलको १ मिनेटमा नै राफाएल गुरेइरोले गोल गर्दै डर्ट्मुन्डलाई अग्रता दिलाए ।

२९ औं मिनेटमा मार्कोस रेउसले डर्ट्मुन्डको अग्रता दोब्बर बनाए ।

४८ औं मिनेटमा जेडन सान्चोले गोल गरे ।

६५ औं मिनेटमा मार्क उठले एफसी क्लोनका लागि गोल गर्दै ३-१ बनाए ।

६५ औं मिनेटमा थोर्गन हाजार्डको ठाउमा मैदान आएका एर्लिङ हालान्डले ७७ र ८८ औं मिनेटमा दुई गोल गर्दै बोरुसिया डर्ट्मुन्डलाई ५-१ को जित दिलाए ।

जितसंगै बोरुसिया डर्ट्मुन्ड लिगको तेस्रो स्थानमा उक्लेको छ भने क्लोन १३ औं स्थानमा रहेको छ ।