जर्मन बुन्डेस लिगा अन्तर्गत सनिबार भएको खेलमा बोरुसिया डर्ट्मुन्डले उत्कृष्ट जित हात पारेको छ ।
अग्स्बर्गमाथी पुनरागमन गर्दै डर्ट्मुन्डले ५-३ को जित निकालेको हो ।
खेलमा अग्स्बर्गका फ्लोरियनले ३४ औं मिनेटमा गोल गर्दै अग्रता दिकाएका थिए ।
४६ औं मिनेटमा रिचरले गोल गर्दै २-० को अग्रता दिलाए ।
४९ औं मिनेटमा डर्ट्मुन्डका ब्रान्ड्टले गोल गर्दै २-१ बनाए ।
अग्स्बर्गका फ्लोरियनले फेरि अर्को गोल गर्दै खेलको ५५ औं मिनेटमा ३-१ को अग्रता दिलाए ।
मैदान छिरेको ३ मिनेट नबित्दै डेब्यु खेलमा हालान्डले खेलको ५९ औं मिनेटमा गोल फर्काए ।
६१ औं मिनेटमा डर्ट्मुन्डका सान्चोले गोल गर्दै खेल बराबरीमा ल्याए ।
७० औं मिनेटमा फेरि हालान्डले गोल गर्दै डर्ट्मुन्डलाई ४-३ को अग्रता दिलाउन सफल भयो ।
७९ औं मिनेटमा हालान्डले ह्याटि्रक गर्दै डर्ट्मुन्डलाई ५-३ को जित सुनिस्चित गरे ।
जितसंगै बोरुसिया डर्ट्मुन्ड लिगको चौथौ स्थानमा उक्लेको छ ।