डर्टमन्डका युवा स्टार मिडफिल्डर जुड बेलिङ्घम साइन गर्न प्रिमियर लिग क्लब लिभरपुल धेरै इच्छुक रहेको छ।
🚨 Liverpool are doing everything they can to sign Jude Bellingham.
Jürgen Klopp is pushing for the player to be signed and the England midfielder rates Liverpool highly but he hasn’t decided his future yet.
(Source: @Plettigoal) pic.twitter.com/y1sCL30p5S
— Transfer News Live (@DeadlineDayLive) November 30, 2022
जुड बेलिङ्घमलाई साइन गर्न लिभरपुलका कोच योर्गेन क्लोप धेरै इच्छुक रहेका छन् र आउँदो ट्रान्सफर विन्डोमा लिभरपुलले उनलाई साइन गर्न पूर्ण प्रयास गर्ने जानकारी छ।
हाल इङ्गल्यान्डको साथ विश्वकप खेल्दै गरेका युवा मिडफिल्डर जुड बेलिङ्घमले हाल सम्म जर्मन क्लबको लागि ९९ खेल खेल्दै १३ गोल र १८ असिस्ट गरेका छन् र उनी क्लब छोड्न इच्छुक रहेको बेला धेरै क्लबहरूको नजर उनी माथि रहेको छ भने उनको लागि डर्टमन्डले £१०० मिलियन भन्दा बढी माग्ने खबर छ जसको कारण उक्त प्रतिस्पर्धा रोमाञ्चक हुने छ।
🚨 NEW: Jurgen Klopp is pushing to sign Jude Bellingham. #lfc [@Plettigoal]
— Anfield Watch (@AnfieldWatch) November 30, 2022
२०२०मा बर्मिंघम सिटीबाट जर्मन क्लब बोरुसिया डर्टमन्डमा पुगेका थिए र उनको खेल निकै राम्रो रहेको छ। डर्टमन्डमा केही समय भित्रनै युवा स्टारले आफूलाई डर्टमन्डको एक महत्त्वपूर्ण खेलाडीको रूपमा स्थापित गरेका छन्।
हाल १९ वर्षका युवा स्टारलाई साइन गर्न लिभरपुल सहित म्यान सिटी, रियल म्याड्रिड र म्यानचेस्टर युनाइटेड पनि इच्छुक रहेको जानकारी छ।