आउँदो ट्रान्सफर विन्डोमा प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले आफ्नो प्राथमिकता बोरुसिया डर्टमन्ड स्टार खेलाडी अर्लिङ हालाण्डलाई बनाउने जानकारी छ। आउँदो जनवरीको ट्रान्सफर विन्डोमा उनलाई साइन गर्न धेरै प्रतिस्पर्धा हुने निश्चित छ भने उनलाई साइन गर्न सिटीले पनि प्रयास गर्ने खबर छ।
🚨 | BREAKING: Erling Haaland’s agent, Mino Raiola, is set to to hold talks with #ManCity in January over potential summer move.
[via @cc_eckner] pic.twitter.com/zS3kIuOMHT
— City Chief (@City_Chief) October 12, 2021
खबर अनुसार २०२१/२२को सिजनको अन्त्य पछि डर्टमन्डका स्टार स्ट्राइकरको रिलिज क्लज सक्रिय हुने छ र उनको रिलिज क्लज रकम मात्र £६८ मिलियन हुने छ जसको कारण उक्त रिलिज क्लज सक्रिय हुन अगाडी नै सिटीलाई साइन गर्न इच्छुक रहेको छ।
चेल्सी, म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड र बार्सिलोना जस्तो क्लबहरूको नाम उनी सँग जोडिएको बेला म्यान सिटीले उनलाई आफ्नो प्राथमिकता बनाउने जानकारी छ।
After failing to land Harry Kane, Man City have reportedly set Erling Haaland as their top transfer target for next summer’s transfer window pic.twitter.com/kBADMgBfZ1
— FootballJOE (@FootballJOE) October 13, 2021
हालाण्ड हाल फुटबलको एक सुपर स्टार मध्ये एक रहेका छन्। डर्टमन्डमा उनको निकै उत्कृष्ट प्रदर्शन रहेको छ भने उनले डर्टमन्डमा ६७ खेलमा ६८ गोल गरेका छन् भने उनले १२ असिस्ट पनि प्राप्त गरेका छन्। उनलाई साइन गर्न धेरै क्लबहरू इच्छुक रहेको बेला म्यानचेस्टर सिटी उनलाई साइन गर्न पूर्ण प्रयास गर्ने खबर छ।