विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसविरुद्ध लड्न विश्व फुटबल महासंघ (फिफा) ले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई आर्थिक सहयोगको घोषणा गरेको छ ।
फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले बिहिबार डब्लुएचओलाई १० मिलियन अमेरिकी डलर सहयोगको घोषणा गरेका हुन्।
अध्यक्ष इन्फान्टिनोले कोरोनाबाट प्रभावित फुटबल समुदायका सदस्यहरुको सहयोगका लागि छुट्टै विश्वव्यापी फुटबल सहयोग कोष स्थापना गर्ने पनि बताएका छन् ।
कोरोनाका कारण अहिले फिफा अन्तर्गतका सबै खाले फुटबल गतिविधि बन्द भएको छ ।