ट्रान्सफर रेकर्ड तोड्दै नयाँ गोलकिपर भित्राउने तयारीमा म्यानचेस्टर युनाइटेड

प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड, पोर्टोका गोलकिपर डियोगो कोस्टालाई साइन गर्ने योजनामा रहेको छ भने उनलाई साइन गर्न युनाइटेडले ट्रान्सफर रेकर्ड तोड्दै उनलाई सबैभन्दा महँगो गोलकिपर बनाउन सक्ने खबर छ ।

हालको सबैभन्दा महँगो गोलकिपर कीर्तिमान चेल्सीका किपर केपा एरिजाबालागाको रहेको छ, जसलाई २०१९ मा एथलेटिक बिल्बाओबाट अनुबन्ध गर्न ब्लुजले £७१ मिलियन शुल्क तिरेको थियो।

म्यानचेस्टर युनाइटेडका हालका गोलकिपर डेभिड डे हेयाको सम्झौता अर्को वर्षको गर्मीमा अन्त्य हुने छ तर दुई बिच हाल सम्म सम्झौता विस्तार भएको छैन भने युनाइटेड डे हेयाको दीर्घकालीन प्रतिस्थापनको खोजिमा रहेको छ जुन पोर्टोका गोलकिपर डियोगो कोस्टा हुन सक्ने छन्।

स्पेनी प्रकाशन एएसका अनुसार, रेड डेभिल्सले पोर्चुगलका अन्तर्राष्ट्रिय डियोगो कोस्टालाई अनुबन्ध गर्न प्रस्ताव पठाउने तयारीमा रहेको छ, र उनलाई साइन गर्न युनाइटेडले ट्रान्सफर रेकर्ड तोड्न पर्ने हुने छ।

सोहि आउटलेटले युनाइटेडले डे हेयालाई पनि क्लबमा राख्न तयार रहेको रिपोर्ट गरेको छ, तर ३२-वर्षीयको नयाँ सम्झौता उनको तलब घटाउन युनाइटेडले प्रयास गरेको जानकारी छ र हाल सम्म दुई बिच सम्झौता भएको छैन।

पोर्टोका गोलकिपर डियोगो कोस्टाको खेल भने निकै राम्रो रहेको छ। पोर्टोको यूथ एकेडेमीको उत्पादन रहेका डियोगोले हाल सम्म सिनियर टिमको लागि ८७ खेल खेल्दै ३६ क्लिन सिट राखेका छन्।

 

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ