टोटेन्ह्यामले गर्यो प्रशिक्षकलाई ४ महिनामै बर्खास्त

इङ्ग्लिस क्लब टोटेन्ह्यामले आफ्ना प्रशिक्षक नुनो स्प्रिरिटो सान्टोलाई बर्खास्त गरेको छ ।

प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडसँगको खेलमा ३–० गोलले पराजित भएपछि टोटनह्यामले नुनोलाई पदबाट बर्खास्त गरेको हो ।

नुनोका साथै क्लबले उनका कोचिङ स्टाफहरू बार्बोसा र डियाजलाई पदबाट हटाएको हो ।

नुनोलाई टोटेन्ह्यामले यसै सिजन मात्र नियुक्त गरेको थियो ।