टोटेन्ह्यामलाई हराउदै न्युकासल शीर्ष ४ मा, चेल्सी र म्यान्चेस्टर युनाइटेड तल झर्‍यो

इङ्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राती भएको खेलमा न्युक्यासल युनाईटेडले टोटेन्ह्यामलाई हराएको छ । न्युक्यासल युनाइटेडले घरेलु टोली टोटेन्ह्यामलाई २–१ ले पराजित गरेको हो ।

यस सिजन उत्कृष्ट सुरुवात गरेको न्युक्यासलले पछिल्लो जित सहित तालिकाको चौथो स्थानमा उक्लिएको छ ।

खेलमा अग्रता न्युक्यासलले ३१औं मिनेटमा क्यालम विल्सनको गोलबाट लिएको थियो । मिगुएल अल्मिरोन दोस्रो गोल गर्दै न्युक्यासललाई पहिलो हाफमै २–० ले अघि बढाएका थिए ।

दोस्रो हाफको ५४औं मिनेटमा ह्यारी केनले गोल गर्दै टोटेनहम २–१ को स्थितीमा ल्याएका थिए । तर दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल २–१ को अवस्थामा समाप्त भएको हो ।

उसले १२ खेलबाट २१ अंक जोडेको छ । टोटेनहम २३ अंक सहित तालिकाको तेस्रो स्थानमा यथावत छ ।