टोटेनह्यामले आफ्नो इटालियन प्रबन्धकलाई बर्खास्त गर्ने

प्रिमियर लिग क्लब टोटेनह्याम हत्स्परले आफ्नो स्टार इटालियन प्रबन्धक एन्टोनियो कोन्टेलाई बर्खास्त गर्ने जानकारी छ।

टोटेनह्यामले इटालियन प्रबन्धक एन्टोनियो कोन्टेलाई २०२१को नोभेम्बरमा नियुक्त गरेको थियो तर यो सिजन टोटेनह्याम र कोन्टे बिचको सम्बन्ध बिग्रिन थाले पछि टोटेनह्यामले उनलाई बर्खास्त गर्ने जानकारी छ।

टोटेनह्याम यो सिजनको च्याम्पियन्स लिगको राउन्डको १६बाट नै नकआउट हुन पुगेको थियो भने शनिवार लिग खेलमा साउथेम्प्टन विरुद्ध ३-१को अग्रता बचाउन नसक्दा टोटेनह्यामले ३-३को बराबरी खेलेको थियो र सो खेल पछि इटालियन प्रबन्धक एन्टोनियो कोन्टे आफ्नै खेलाडी र क्लब मालिकको आलोचना गरेका थिए।

कोन्टेले आफ्नो खेलाडीहरूले क्लबको लागि नखेलेको र खेलाडीहरूमा जितको भोक नरहेको भनेर बताए भने उनले क्लबका मालिक डेनियल लेवी माथि पनि लक्षित गर्दै बोले र सो कुरा पछि टोटेनह्यामका फ्यानहरू खुसी छैनन् भने क्लबले पनि उनलाई बर्खास्त गर्ने निर्णय लिने जानकारी छ।

 

स्रोतहरूका अनुसार यस हप्ता कोन्टेको प्रस्थानमा वारे सहमति हुने छ र यो सिजनको बाँकी खेलहरूको लागि रयान मेसनलाई टोटेनह्यामले अन्तरिम प्रबन्धकको रुपमा नियुक्त गर्ने रिपोर्ट छ।

सिजनको अन्त्य पछि स्पर्सले नयाँ प्रबन्धकलाई भित्राउने जानकारी छ भने स्पर्सको नाम लुइस एनरिक, थोमस टुचेल वा मौरिसियो पोचेटिनो जस्ता स्टार म्यानेजरहरू सँग जोडिएको छ।

यो सिजन हाल सम्म टोटेनह्यामले लिग २८ खेलमा १५ जित हासिल गरेको छ ४९ अंकको साथ टोटेनह्याम लिगको चौथो स्थानमा रहेको छ।

 

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ