टोटेनह्यामका फ्यानले आर्सनलका गोलकिपरलाई लात हाने पछि 

आइतबार प्रिमियर लिगमा टोटेनह्यामले आफ्नो चिर प्रतिद्वन्द्वी आर्सनल विरुद्ध खेलेको थियो भने केही तनावपूर्ण हुन पुगेको खेलमा टोटेनह्यामका एक फ्यानले आर्सनलका गोलकिपर आरोन राम्सडेललाई लात हाने पछि सो वारे हाल धेरै चर्चा हुँदै गरेको छ।

उक्त नोर्थ लन्डन डर्बीमा लिग लिडर आर्सनलले टोटेनह्याम विरुद्ध २-०को सहज जित हासिल गरेको थियो तर खेलमा खेलाडीहरू बिच केही तनाव हुँदै गरेको थियो तर खेल अन्त्य भए पछि गोलपोस्ट पछाडी रहेको पानीको बोतल लिन गएका गोलकिपर आरोन राम्सडेल माथि टोटेनह्यामका एक फ्यानले आक्रमण गरेको थियो।

उक्त घटना पछि खेलाडीहरू बिच थप तनाव भएको थियो भने हाल टोटेनह्यामले आफ्नो फ्यानको उक्त व्यवहारको निन्दा गर्दै सो फ्यानको पहिचान गर्दै सो व्यक्तिलाई टोटेनह्याम स्टेडियमबाट आजीवन प्रतिबन्ध गर्ने भनेर टोटेनह्यामले जनाएको छ।

उक्त खेलमा २-०को जित हासिल गर्दै आर्सनलले लिगमा आफ्नो पकड झन् बलियो बनाएको छ । जित पछि दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी सँग आर्सनलले ८ अंकको दुरी बनाएको छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ