टुचेल फेरी प्रिमियर लिगमा फर्किन सक्ने

पूर्व चेल्सी थोमस टुचेल फेरी प्रिमियर लिगमा फर्किन सक्ने जानकारी छ। टोटेनह्याममा कोच एन्टोनियो कोन्टेको भविष्य अनिश्चित रहेको बेला कोन्टेले क्लब छोडे उनको ठाउँ लिन थोमस टुचेल इच्छुक हुने जानकारी छ।

टोटेनह्यामको फम हाल धेरै राम्रो हुन सकेको छैन भने नर्थ लन्डन डर्बीमा आफ्नो चिर प्रतिद्वन्द्वी आर्सनल सँग होममा पराजित भए पछि उनी माथि धेरै दबाब रहेको छ र एन्टोनियो कोन्टे क्लबको बोर्ड सँग खुसी नरहेको चर्चा हुँदा गर्दा कोन्टेले क्लब छोड्न सक्ने धेरै चर्चा रहेको छ।

कोन्टेको भविष्य अनिश्चित रहेको बेला उनको ठाउँ लिन पूर्व चेल्सी कोच थोमस टुचेल इच्छुक रहेको जानकारी छ। चेल्सीले उनलाई बर्खास्त गरे पछि हाल सम्म उनी क्लब विहीन रहेका छन् भने उनी प्रिमियर लिगमा फर्किन तयार रहेको खबर छ।

सेप्टेम्बरमा चेल्सीले आफ्नो मुख्य प्रशिक्षक थोमस टुचेललाई बर्खास्त गरेका थिए च्याम्पियन्स लिग फुटबलमा क्रोएसियाको डिनामो जाग्रेबसँग पराजित भएको भोलिपल्ट चेल्सीले टुचेललाई बर्खास्त गरेको थियो भने उनको प्रतिस्थापनको रूपमा चेल्सीले ग्राहम पोटरलाई भित्राएको हो।

चेल्सीले फ्रान्क लाम्पार्डलाई बर्खास्त गर्दै २०२१ मा टुचेललाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो। टुचेलको चेल्सीसँगको सम्झौता २०२४ सम्म रहेको थियो तर उनको उक्त सम्झौता पुरा हुन अगाडी नै चेल्सीले टुचेललाई बर्खास्त गरेको थियो।

 

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ