एजेन्सी, विश्व कप अन्तर्गत पहिलो चरणका खेलमा आज आयरल्यान्डले श्रीलकाबिरुद्ध खेल्दै छ । समुह ‘ए’ को खेल आबुधाबी स्थित शेख जायड रङशालामा हुनेछ । पहिलो खेलमा दुबै टिमले जित हात पर्न सफल भएको थियो । श्रीलका पहिलो खेलमा नामिबियामाथी सहज जित निकालेका थिए । नामिबियालाई सस्तैमा समेत्दै श्रीलकाले ६ ओभर बाँकी रहदै ७ विकेटले जितेका थिए ।
त्यस्तै, उता नेथर्ल्यान्ड्सविरुद्ध आयरल्यान्ड्सले उत्कृष्ट बलिङ गर्दै ७ विकेटको जित निकालेका थिए ।
श्रीलाकाको अफ स्पिनर महेस थिक्सानाले नामिबियाविरुद्ध ३ विकेट लिदै २५ रन खर्चेका थिए । त्यस्तै, वासिन्दु हासारङा र लाहिरु कुमाराले दुई दुई विकेट लिए ।
ब्याटिङमा श्रीलका भानुका राजापक्साले सर्वाधिक ४२ रन जोड्दा आभिस्का फर्नान्डोले ३० रन जोडे ।
आयरल्यान्डका लागि भने उत्कृष्ट बलिङ गर्दै नेथर्ल्यान्ड्समाथी जित हासिल गरेको छ । आयरल्यान्डको जितमा कार्टइस कम्परले ४ बलमा ४ विकेट लिदै ईतिहास रचेको छ ।
अर्को तिब्र गतिका बलर मार्क अदेरले ३ विकेट लिदै मात्र ९ रन खर्चे ।
ब्याटिङमा अनुभबी ब्याट्म्यान अन्द्रे बल्बिर्निए र केविन अोब्राइन सस्तैमै समेत्दा गरेथ डिलेनी र पल स्तर्लिङले पारी सम्हाले । डिलेनीले २९ बलमा ४४ र स्टर्लिङले ३० रनको साझेदारीले जित सम्भव भयो ।