टि२० विश्व कप: स्कटल्याण्ड शतप्रतिशत नतिजा निकाल्दै सुपर १२ मा

एजेन्सी, स्कटल्यान्ड शतपतिशत नतिजालाई निरन्तरता दिदै ट्वान्टी २० विश्वकप क्रिकेटको सुपर १२ मा प्रवेश गरेको छ ।

बिहिबार भएको समूह ‘बी’ को खेलमा स्कटल्यान्डले ओमानलाई आठ विकेटले हरायो । ओमानले प्रस्तुत गरेको एक सय २३ रनको लक्ष्य स्कटल्यान्डले १७ ओभरमा मात्र दुई विकेट क्षतीमा पूरा गरेको हो ।

तीन खेलमा तीन जितपछि स्कटल्यान्डले ६ अंकसहित समूह ‘बी’ को शीर्ष स्थानमा बस्दै सुपर १२ मा प्रवेश गरेको हो । तीन खेलमा चार अंकका साथ बंगलादेश उपविजेताको रुपमा सुपर १२ मा प्रवेश गरेको हो ।

स्कटल्यान्डका काइल कोटजरले ४१ रन जोड्दा रिचे बेरिङले अविजित ३१ रन जोडे ।

ओमनका फयाज बट र कवार अलीले समान एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङका लागि आएको ओमानले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै एक सय २२ रनको योगफल तयार पारेको थियो ।

ओमानका लागि ओपनर अकिब इलियासले ३७ र कप्तान जेसान मक्सुदले सर्वाधिक ३४ रन जोडे ।