जोसे मोरिन्हो र पेप गार्डियोलालाई पछि पार्दै सिमिओनेले जिते दशकको उत्कृष्ट प्रशिक्षकको अवार्ड

एजेन्सी, एत्लेटिको म्याड्रिडको मुख्य प्रशिक्षक दिएगो सिमिओने दशकको उत्कृष्ट प्रशिक्षक भएका छन। उन्के उक्त पुरस्कार जित्न जोसे मोरिन्हो र पेप गार्डियोला जस्ता प्रशिक्षकलाई पछि पर्दै सो पुरस्कार हात परेका हुन।

उन्ले एत्लेटिको म्याड्रिडलाई ला लिगा मात्र जिताए पनि उक्त पुरस्कार जित्न भने सफल भए। यी ५० बर्शिय प्रशिक्षकले एत्लेटिको म्याड्रिडलाई युरोपियन फुटबलमा शासक्त रुपमा स्थापित गरौन सफल भएका छ्न।

आइएफएफएचएसको बिज्ञप्तिमा उल्लेख छ “सिमिओनेले आफ्नो क्लब एत्लेटिको म्याड्रिडको लागि यस उत्कृष्ट कामहरु गरे। उन्ले एत्लेटिको म्याड्रिडमा १ ला लिगा, १ कोपा डेल रे, १ सुपर कोपा एस्पाना, २ युरोपा लिग, २ सुपर कप, २ च्याम्पियनस लिगको फाइनल पुग्न सफल भएको थियो।

बिगतको दशकमा सिमिओनेले जिदानको भन्दा कम युरोपियन उपाधी जिते र पेप गुआर्डिओला भन्दा कम लिगको उपाधी जिते। यधपी उन्को स्थिरतालाई मध्य नजर गर्दै उन्ले उक्त पुरस्कार हात परेको हो।

यस पुरस्कारमा समग्रमा पेप गिआर्डिओला दोस्रो र यर्जन क्लोप तेस्रो स्थान हात पारे। जिदान भने सातौ स्थानमा रहे।

यस्को नतिजा प्रशिक्षकले हरेक सिजन गर्दै आएको प्रदशनको अधारमा गरेको थियो। हरेक प्रशिक्षकलाई आफ्नो टोलिले लिगमा कुन स्थान पाएको त्यस अधारमा अंक दिएका थिए।

अहिलेको अवस्था रहे सिमिओनेले अर्को ला लिगाको उपाधी जित्न सक्ने छ। उन्को टोलि अंक तालिकामा शिर्ष स्थानमा रहेको छ।