जोसे मोरिन्होले पोर्चुगलको प्रस्ताव रिजेक्ट गर्ने

पोर्चुगलका मुख्य प्रशिक्षक फर्नान्डो सान्तोसले आफ्नो पदबाट राजीनामा दिए पछि पोर्चुगल नयाँ मुख्य प्रशिक्षकको रूपमा लेजेन्द कोच जोसे मोरिन्होलाई भित्राउन धेरै इच्छुक रहेको थियो तर हाल जानकारी अनुसार जोसे मोरिन्होले उक्त प्रस्ताव अस्वीकार गर्ने छन्।

निकै अनुभवी रहेका जोसे मोरिन्हो हाल इटालियन क्लब रोमाको कोचको रूपमा रहेका छन् र उनको नेतृत्वमा रोमाको प्रदर्शन निकै उत्कृष्ट रहेको छ भने मोरिन्होलाई क्लब छोड्न नपर्ने गरेर साइन गर्ने पोर्चुगलले जोसेलाउ सम्पर्क गरेको जानकारी छ तर उक्त प्रस्तावलाई उनले रिजेक्ट गर्ने खबर छ।

२०२२ फिफा विश्व कपको क्वाटर फाइनलमा मोरक्को सँग हार्दै पोर्चुगल नक-आउट भए पछि फर्नान्डो सान्तोसले आफ्नो पदबाट राजीनामा दिएका थिए। उनले आफ्नो सुपरस्टार रोनाल्डोलाई पनि बेन्चमा राख्ने निर्णय लिएका थिए जसको लागि उनको आलोचना पनि भएको थियो।

हाल पोर्चुगल मुख्य प्रशिक्षक विहीन रहेको छ र नयाँ कोचको खोजीमा रहेको पोर्चुगलको प्राथमिकता जोसे मोरिन्हो रहेको थियो तर उनले सो प्रस्ताव अस्वीकार गर्ने भए पछि नयाँ कोचको खोजीमा पोर्चुगल अझै सक्रिय हुन पर्ने भएको छ।

जोसेले हाल सम्म कुनै राष्ट्रिय टिमको व्यवस्थापन गरेका छैन तर क्लब फुटबलमा उनी एक लेजेन्दको रूपमा रहेका छन्। दुई पटक च्याम्पियन्स लिग जितेका मोरिन्होले प्रिमियर लिग, सिरी ए, युरोपा लिग र अन्य धेरै उपाधिहरू जितेका छन्।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ