शनिवार ला लिगामा रियल म्याड्रिडले आफ्नो चिर प्रतिद्वन्द्वी क्लब बार्सिलोना माथि २-१को जित हासिल गरेको छ। जुड बेलिङ्घमको दुई गोलमा रियलले एल क्लासिकोमा उत्कृष्ट कम-ब्याक जित हासिल गरेको हो।
Here is Jude Bellingham with the most “f*ck it, I’m THAT GUY” goal everpic.twitter.com/4jlZZ2acAE
— Managing Madrid (@managingmadrid) October 28, 2023
खेलको ६औँ मिनेटमै गुन्डुवानको गोलमा बार्साले अग्रता लिएको थियो भने पहिलो हाफ १-०को स्कोरमा अन्त्य भएको थियो।
दोस्रो हाफमा भने रियल म्याड्रिडले दुई गोल गर्दै खेलमा काम ब्याक जित हासिल गर्यो। खेलको ६८ औँ मिनेटमा जुड बेलिङ्घमले डि-बक्स बाहिरबाट निकै उत्कृष्ट गोल गर्दै खेललाई बराबरीमा लगे भने खेलको इन्जुरी समयमा फेरी पनि थप गोल गर्दै बेलिङ्घमले रियललाई जित दिलाए।
उक्त जितको साथ हार रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा पुगेको छ। रियलले ११ खेलमा ९ जित १ बराबरी र १ हारको सामना गर्दै २८ अंक प्राप्त गरेको छ।
बार्सा भने २४ अंकको साथ लिगको तेस्रो स्थानमा पुगेको छ। यस सिजन लिगमा बार्साको यो पहिलो हार रहेको छ।