प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडमा कोच ओले गनर सोल्सायरको भविष्य अनिश्चित रहेको बेला युनाइटेडले जिदान सँग सम्पर्क गरेको चर्चा छ।
Manchester United step up pursuit of Zinedine Zidane.https://t.co/Iclb010Fzq pic.twitter.com/vUSFkjZ3gk
— Duncan Castles (@DuncanCastles) November 14, 2021
लिभरपुल सँगको ०-५ र सिटी सँगको २-०को हार पछि ओले गनर सोल्सायरको धेरै आलोचना भएको थियो भने फ्यानहरू उनको रणनीतिबाट खुसी थिएनन् भने युनाइटेडले उनलाई बर्खास्त गर्न परे युनाइटेडको नजरमा केही कोचहरू रहेको जानकारी छ जसमा पूर्व रियल कोच जिदान पनि रहेका छन्।
म्यानचेस्टर युनाइटेड इन्टर मिलानका पूर्व कोच एन्टोनियो कोन्टेलाई भित्राउन इच्छुक रहेको थियो तर उनलाई टोटेनह्यामले साइन गरे पछि हाल युनाइटेडको नाम जिदान, ब्रेन्डन रोजर्स र रोबर्टो म्यानसिनी सँग जोडिएको छ र हाल खबर अनुसार युनाइटेडका प्रमुखहरू जिदानलाइ भित्राउन इच्छुक र छन् जिदान सँग सम्पर्क भएको पनि रिपोर्ट रहेको छ।
Manchester United ‘stepping up their efforts to persuade Zinedine Zidane to replace Ole Gunnar Solskjaer’ with the club ‘hopeful his relationship with Cristiano Ronaldo and Raphael Varane will convince him to join’
Mail Online pic.twitter.com/X47pp2sMuT
— Ball Talk (@ball__talk) November 14, 2021
४९ वर्षीय जिदानले गत सिजनको अन्त्यमा दोस्रो पटक रियल म्याड्रिड छोडे पछि हाल उनी क्लबविहीन छन् ।
रियल म्याड्रिडमा फ्रान्सेली लेजेण्डको रेकर्ड धेरै प्रभावशाली छ, उनले दुई पटक रियलको नेतृत्व गर्दा तीन च्याम्पियन्स लिग र दुई ला लिगा उपाधि जितेका छन्। हाल युनाइटेडको कोच बन्ने बारे उनले कुनै निर्णय भने सार्वजनिक गरेका छैनन् र ब्रेन्डन रोजर्स र रोबर्टो म्यानसिनीमा पनि हाल युनाइटेडको चासो कायम नै रहेको छ।