म्यान्चेस्टर युनाइटेडका जिदान सानोमा यस्तो उत्कृष्ट रहेको उनका पहिलो प्रशिक्षकको भनाइ

म्यान्चेस्टर युनाइटेडका युवा अट्याकिङ खेलाडी इक्बाल जिदान सानो हुँदा कति उत्कृष्ट थिए उनका पहिलो प्रशिक्षकले तारिफ गर्दै बताएका छन् ।

१८ वर्षिय खेलाडीले म्यान्चेस्टर युनाइटेडका लागि सिनियर टोलिबाट गत हप्ता च्याम्पियन्स लिगको खेलबाट डेब्यु गरेका थिए ।

उनका पहिलो फुटबल प्रशिक्षकले जिदान सानोमा निकै प्रतिभाशाली भएको बताउदै विपक्षी टोलिबिरुद्ध सामान होस् भनेर उनलाई निकाल्ने गर्थे । त्यस्तै उनलाई गोलकिपरको भुमिका पनि दिने गर्थे ।

“उनले यति राम्रो खेल्थे कि सबै खेलमा उनले आफ्नो जादु देखाउथे । हामी यस्तो अवस्थामा समेत आइपुग्यौं कि विपक्षीलाई टोलिसंग बराबर स्थर बनाउन जिदानलाई खेलबाट निकाल्न समेत पर्थ्यो ।

उनलाई गोलकिपरको भुमिकामा पनि धेरै खेलाउन पर्यो र खुशी साथ खेल्थे पनि ।” उनका पहिलो युवा प्रशिक्षक स्टेवार्ड हामेरले सानोमा उनी अरु खेलाडीहरु भन्दा निकै प्रतिभाशाली रहेको बताए ।