पूर्व रियल म्याड्रिड कोच जिनेदिन जिदान फ्रेन्च क्लब पिएसजीको कोच बन्न इच्छुक हुने जानकारी छ। रियल म्याड्रिडबाट प्रस्थान पछि जिदान हाल सम्म कुनै क्लब सँग अनुबन्धित छैनन् भने फ्रेन्च लेजेण्ड पिएसजीमा जान इच्छुक हुने खबर छ।
🚨 Zinedine Zidane has opened the door to becoming manager of PSG. If Mauricio Pochettino were to leave, Zizou could agree to take the job.
(Source: Foot Mercato) pic.twitter.com/6gs13q3pFQ
— Transfer News Live (@DeadlineDayLive) October 29, 2021
खबर अनुसार यदि क्लबका वर्तमान कोच मौरिसियो पोचेटिनोले क्लब छोडे पिएसजी जिदानलाई भित्राउनेमा विश्वस्त रहेको रिपोर्ट छ। जिदान फ्रेन्च राष्ट्रिय टिमको कोच बन्न इच्छुक रहेका छन् भने पिएसजीको प्रस्ताव आए उनी सो पदको लागि खुल्ला हुने खबर छ।
जिनेदिन जिदानले रियल म्याड्रिड क्यास्टिलाको प्रबन्धकको रूपमा दुई वर्ष बिताएका थिए भने राफा बेनिटेजलाई बर्खास्त गरेपछि २०१५-१६ सिजनको बिचमा उनी पहिलो टोलीको प्रशिक्षकको भूमिकामा बढुवा भएका थिए।
Zidane🇫🇷 n’est pas contre l’idée d’entrainer le PSG🔴🔵 ! C’est le rêve des dirigeants. De premiers contacts ont été établis avec Alain Migliaccio (agent de Zidane).
Pour le moment, Pochettino🇦🇷 n’est pas menacé.@Santi_J_FM#PSG #TeamPSG #Zidane pic.twitter.com/UST2ZhVrUr
— Canal Supporters (@CanalSupporters) October 29, 2021
फ्रेन्च लेजेण्डले रियल म्याड्रिडलाई त्यो सिजन च्याम्पियन्स लिगको उपाधि दिलाएका थिए। उनले अर्को वर्ष लस ब्लान्कोसको प्रबन्धकको रूपमा आफ्नो पहिलो पूर्ण सिजनमा ला लिगा र च्याम्पियन्स लिग डबल जितेका थिए।
उनले क्लबको प्रबन्धकको रूपमा आफ्नो साढे दुई वर्षको अवधिमा रियल म्याड्रिडलाई लगातार तीन वटा च्याम्पियन्स लिग उपाधि जिताउन मद्दत गरे। त्यसपछि जिदानले सन् २०१८ को गर्मीमा क्लबसँग अलग्गिए भने २०१९मा उनी फेरी रियल फर्किए र उनले त्यो समय पनि ला लिगा जितेका थिए।