जिदान चाडै फुटबलमा फर्किन सक्ने

पूर्व रियल म्याड्रिड कोच जिनेदिन जिदान फेरी फुटबलमा कोचको रूपमा फर्किन सक्ने ठुलो सम्भावना रहेको जानकारी छ।

धेरै समय देखि उनी फ्रान्स राष्ट्रिय टोलीको कोचको रूपमा फर्किने चर्चा भएको थियो तर फ्रान्सका कोच डिडियर डेसचेम्प्सले आफ्नो पद नछोड्ने भए पछि जिदान युभेन्टसको कोचको रूपमा फुटबलमा फर्किन सक्ने रिपोर्ट रहेको छ।

२०२१को मेमा उनले सिजनको अन्त्य पछि रियल म्याड्रिड छोड्ने आफ्नो निर्णय सार्वजनिक गरेका थिए भने रियल छोडे पछि हाल सम्म उनी क्लब विहीन रहेका छन् र जिदान युभेन्टसमा कोचको पद स्वीकार गर्दै फुटबलमा फर्किन सक्ने ठुलो सम्भावना रहेको जानकारी छ।

मासिमिलियानो एलेग्री हाल युभेन्टसको कोचको रूपमा रहेका छन् भने उनलाई क्लबले बर्खास्त गर्न सक्ने चर्चा रहेको बेला युभे लेजेन्द जिदान उनको प्रतिस्थापन हुने जानकारी छ।

२०/२१ सिजनको च्याम्पियन्स लिगको सेमिफाइनलमा चेल्सीसँग पराजित भएपछि जिदानले क्लब छाड्ने धारणा बनाएका थिए भने शारीरिक र मानसिक थकानलाई क्लब छाड्नुपर्ने कारणका रूपमा उनले उल्लेख गरेका थिए हाल उनी फेरी फुटबलमा फर्किने तयारीमा रहेका छन्।

जिदानले कोचको रूपमा रियल म्याड्रिड सँग २ लिग उपाधि र ३ च्याम्पियन्स लिग उपाधि सहित धेरै ट्रफीहरु जितेका छन्।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ