पुर्व रियल म्याड्रिड कोच जिनेदिन जिदान फेरी फुटबलमा कोचको रूपमा फर्किन नजिक रहेको जानकारी छ।
Zinedine Zidane is ready to return to management 👀 pic.twitter.com/c8C52q5K0s
— GOAL (@goal) October 24, 2022
२०२१को मेमा उनले सिजनको अन्त्य पछि रियल म्याड्रिड छोड्ने आफ्नो निर्णय सार्वजनिक गरेका थिए भने रियल छोडे पछि हाल सम्म उनी क्लब विहीन रहेका छन्। उनलाई कोचको रूपमा भित्राउन पिएसजी इच्छुक रहेको थियो तर सो कुरामा पिएसजी असफल रहेको थियो।
हाल रिपोर्ट अनुसार २०२३मा उनी फुटबलमा कोचको रूपमा फर्किने योजनामा रहेका छन् तर उनी कुन क्लबमा जाने भनेर हाल सम्म कुनै जानकारी भने आएको छैन।
🚨 Zinedine Zidane has indicated that he will return to the bench as a head coach ‘soon’. ⏳🇫🇷
(Source: RMC) pic.twitter.com/tvN31Ju2lc
— Transfer News Live (@DeadlineDayLive) October 25, 2022
त्यो सिजनको च्याम्पियन्स लिगको सेमिफाइनलमा चेल्सीसँग पराजित भएपछि जिदानले क्लब छाड्ने धारणा बनाएका थिए भने शारीरिक र मानसिक थकानलाई क्लब छाड्नुपर्ने कारणका रूपमा उनले उल्लेख गरेका थिए।
जिदानले कोचको रूपमा रियल म्याड्रिड सँग २ लिग उपाधि र ३ च्याम्पियन्स लिग उपाधि सहित धेरै ट्रफीहरु जितेका छन्।