म्यान्चेस्टर युनाइटेड एकेडेमीका युवा खेलाडी जिदान इक्बलले क्लबका लागि च्याम्पियन्स लिगमा डेब्यु गरेका छन् ।
९ वर्ष देखि म्यान्चेस्टर युनाइटेड एकेडेमीमा रहदै आएका १८ वर्षीय जिदानको आमा इराकी र बुवा पाकिस्तानी रहेको र उनी म्यान्चेस्टर युनाइटेडबाट खेल्ने पहिलो बेलायती साउथ एसियन खेलाडी पनि बन्न सफल भएको छ ।
बुधबार राती भएको यङ बोइजबिरुद्धको खेलमा जिदानले ८९ औं मिनेटमा जेसे लिङ्गाडको स्थानमा मैदानमा आउदै क्लबका लागि डेब्यु गर्दै इतिहास रच्न सफल भए ।
Two more #MUAcademy players make their senior bows ✊🔴
Congratulations, Charlie and Zidane 👏#MUFC | #UCL pic.twitter.com/zXL8KdjxrI
— Manchester United (@ManUtd) December 8, 2021
उनीसंगै अर्का युनाइटेड एकेडेमीका युवा खेलाडी चार्ली स्याभेजले पनि क्लबका लागि डेब्यु गरे ।
उक्त खेल १-१ को बराबरीमा टुंगिएको थियो ।