जिदानलाई नयाँ कोचको रुपमा भित्राउन युभेन्टस इच्छुक

युभेन्टसले रियल म्याड्रिडमा जिदानको को स्थितिलाई अनुगमन गर्दै गरेको खबर छ।

रियल म्याड्रिडमा जिदानको भविष्यको बारे हाल धेरै चर्चा हुने गरेको छ। अर्को सिजन उनले क्लब छोड्न सक्ने कुरा रहेको बेला युभेन्टस उनलाई भित्राउन इच्छुक रहेको खबर छ।

ओकिदेरियोका प्रमुख पण्डित एडुआर्डो इंडाका अनुसार इटालियन क्लब युभेन्टसको नजर जिदानमा रहेको छ हाल पिर्लोको नेतृत्वमा युभेको खेल धेरै राम्रो हुन नसकेको बेला जिदान उनको विकल्प हुन सक्ने चर्चा छ। ।

“तीन युरोपेली कप जितेका जिदान, च्याम्पियन्स लिगका सर्वश्रेष्ठ प्रशिक्षक हुन्, त्यहाँ उनको जस्तो अनुभव भएको अर्को कोही छैन र उनीसँग छलफल जारी नै छ। उनले अन्य टिमहरूलाई आफू प्रति आकर्षित गर्न सक्छन्।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ