स्पेनिस ला लिगामा रियल म्याड्रिड शीर्ष स्थानमा उक्लिएको छ ।
आईतबार राति भएको खेलमा रियल भालाडोलिडलाई हराउँदै म्याड्रिड क्लब लिगको शीर्ष स्थानमा उक्लिएको हो ।
भालाडोलिडको घरेलु मैदानमा भएको खेलमा म्याड्रिड क्लबले १–० को जित निकाल्यो ।
खेलको ७८ औ मिनेटमा नाचोले गोल गर्दै रियललाई महत्वपूर्ण तीन अंक दिलाए । टोनी क्रुसको पासलाई सदुपयोग गर्दै उनले गोल गरेका थिए ।
रियल पछिल्ला १९ खेलमा अपराजित छ ।
शीर्ष स्थानको रियलको २१ खेलबाट ४६ अंक छ । उसले दोस्रो स्थानको बार्सिलोनासंग तीन अंकको अग्रता लिएको छ ।
भालाडोलिड २२ अंक सहित रेलिगेशन जोन भन्दा दुई स्थानमा माथि छ ।