रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलमा जित निकालेको छ ।
बुधबार राति रियल मड्रिडले युक्रेनको शख्तर डोनेस्कलाई २–१ गोल अन्तरले हराएको हो ।
रियल मड्रिडको जितमा बेन्जिमाले दुवै गोल गरे । शख्तरका डोस सान्तोस पेड्रोले एक गोल गरे ।
खेलमा अग्रता रियलले १४ औं मिनेटमा बेन्जिमाको गोलबाट लिएको थियो ।
पेड्रोले ३९ औं मिनेटमा पाहुना टोलीका लागि बराबरी गोल फर्काए । बेन्जिमाले पुन भिनिसियस जुनियरको पासमा ६१ औं मिनेटमा गोल गर्दै रियल मड्रिडलाई जित दिलाए ।
सोही समूहको अर्को खेलमा सिरि ए क्लब इन्टर मिलानले माल्डोभनको शेरिफ तिरस्पोललाई ३–१ ले हरायो ।
इन्टरको जितमा ब्रोजोविक, स्क्रिनिअर र सान्चेजले गोल गरे । घरेलु टोली माल्डोभनका ट्राओरेसले एक गोल फर्काए ।
समूह डीमा शीर्ष स्थानको रियल मड्रिडले ४ खेलबाट ९ अंक जोडेको छ । दोस्रो स्थानको इन्टरले ७, शेरिफ तिरस्पोलले ६ र चौथो स्थानको शख्तर डोनेस्कले १ अंक जोड्यो ।