जितसंगै आर्सनलले बनायो शीर्ष स्थानमा फराकिलो अग्रता

विश्वकपको लामो ब्रेक पछि शुरु भएको प्रिमियर लिगको खेलमा आर्सनलले विजयी शुरुवात गरेको छ ।

आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिदै गएराती सम्पन्न खेलमा आर्सनलले वेस्टह्यामलाई ३-१ गोल अन्तरले पराजित गरेको थियो ।

आर्सनलको जितमा बुकायो साका, गाब्रियल मार्टीनेली र एडी एनकेटीहले एक एक गोल गरेका थिए ।

त्यस्तै वेस्टह्यामका लागि सेड बेन्राहमाले पेनाल्टी मार्फत एक गोल गरेका थिए ।

यो जितपछि आर्सनलको १५ खेलमा ४० अंक भएको छ र दोस्रो स्थानमा रहेको न्यूक्यासाल युनाइटेडभन्दा आर्सनल ७ अंकले अगाडी रहेको छ ।

त्यस्तै वेस्टह्यामको १६ खेलमा १४ अंक भएको छ र लिगमा १६औं स्थानमा रहेको छ ।