प्रिमियर लिग क्लब लिभरपुल डच क्लब पिएसभीका युवा स्टार जाभी सिमोन्सलाई साइन गर्न इच्छुक रहेको जानकारी छ।
🇳🇱 According to Fichajes, Arsenal and Liverpool are both interested in signing PSV teenager Xavi Simons.#AFC | Full story for @F365:https://t.co/1coDbdmiXe
— Jason Soutar (@jbsoutar) October 28, 2022
१९ वर्षीय सेन्टर फोवार्डको खेल डच क्लबमा निकै राम्रो रहेको छ भने युरोपा लिगमा आर्सनल विरुद्ध २-०को जितमा उनको प्रदर्शन धेरै उत्कृष्ट रहेको थियो र हाल खबर अनुसार उनलाई भित्राउन लिभरपुल धेरै इच्छुक रहेको छ र उनी माथि रेड्सले आफ्नो निगरानी राख्दै गरेको पनि रिपोर्ट छ।
डच युवा स्टार जाभी सिमोन्स बार्सिलोनाको प्रसिद्ध यूथ एकेडेमी ला मासियको उत्पादन हुन् भने उनी ७ वर्ष हुँदा देखि उनको प्रतिभाको धेरै चर्चा हुँदै आएको छ।
२०१९मा उनले बार्सा छोडेका थिए भने उनी सो समय फ्रेन्च क्लब पिएसजीमा गाएका थिए र पिएसजीको सिनियर टिममा उनले धेरै समय नपाए पछि उनले २०२२ पिएसजी छोड्ने निर्णय लिए भने उनको नया गन्तब्य डच क्लब पिएसभी बनेको थियो जहाँ उनको खेल निकै राम्रो रहेको छ भने उनी टिमको महत्त्वपूर्ण खेलाडी बन्ने क्रममा छन् ।
Liverpool and Arsenal are reportedly willing to ‘fight’ for the signature of PSV teenager Xavi Simons. #LFC #AFC https://t.co/56lePzkWXf
— Football365 (@F365) October 28, 2022
हाल खबर अनुसार पिएसभीमा जाभीको खेलबाट लिभरपुल धेरै प्रभावित रहेको छ र उनलाई साइन गर्न लिभरपुल इच्छुक रहेको छ। लिभरपुलका कोच क्लोप पनि युवा स्टार जाभी सिमोन्सको फ्यान रहेको र उनलाई आफ्नो टिममा भित्राउने उनको योजना रहेको रिपोर्ट छ।
लिभरपुल सहित आर्सनल र एसी मिलान पनि उनलाई साइन गर्न इच्छुक हुन सक्ने चर्चा रहेको छ। १९ वर्षीय युवा स्टारले हाल सम्म डच क्लबको लागि १९ खेल खेल्दै १० गोल र ४ असिस्ट गरेका छन्।