जापानबिरुद्ध जर्मनीको लज्जास्पद हार

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा एसियाली मुलुक जापानले जर्मनीलाई ४–१ ले हराएको छ ।

शनिबार राति भएको खेलमा जापानले सुरुआती अग्रता जोगाउँदै सहज जित निकालेको हो ।

जापानको जितमा जुन्या इतो, अयस उइदा, ताकुमा असानो र आओ तनाकाले समान एक गोल गरेका हुन् । जर्मनीको लागि एकमात्रै गोलल लेरोए सानेको नाममा रह्यो ।

विश्व विजेता जर्मनीविरुद्ध जापानले पहिलो र दोस्रो हाफमा समान दुई गोल गरेको थियो ।

मैत्रीपूर्ण खेलमै जर्मनीले १३ सेप्टेम्बरमा फ्रान्स तथा जापानले टर्कीसँग खेल्ने तालिका छ ।