जर्मन स्टार गोलकिपर मानुएल नोयरले बाँकी सिजन गुमाउने 

जर्मन स्टार गोलकिपर मानुएल नोयरले यो सिजनको बाँकी खेल खुट्टाको चोटबाट गुमाउने पुष्टि भएको छ।

जर्मनीको साथ यो विश्व कपको ग्रुप स्टेजबाटै आउट भएका मानुएल नोयर बायर्न म्युनिखमा फर्किने अगाडी छुट्टीमा थिए भने छुट्टीमा स्कीइङ गर्ने क्रममा उनी दुर्घटनामा परेको र उनको तल्लो खुट्टा फ्र्याक्चर भएको जानकारी छ जसको कारण उनले यो सिजन क्लब फुटबल खेल्न नापाउने भएको छ।

उनले आफ्नो अवस्था वारे एक विज्ञप्ति जारी गर्दै भने: “साथीहरू, म के भन्न सक्छु, वर्षको अन्त्य पक्कै पनि यो भन्दा राम्रो हुन सक्थ्यो…” स्की टुर गर्दै छुट्टी मनाउने क्रममा मेरो तल्लो खुट्टा भाँच्न पुगेको छ। शल्यक्रिया राम्रो भयो । डाक्टरहरूलाई धेरै धेरै धन्यवाद!

“तथापि, मेरो लागि हालको सिजन सकिएको थाहा पाउँदा दुख लागेको। ख्याल राख्नुहोस्! तपाइको मानुएल।”

चार अंकको अग्रताको साथ बुन्डेसलिगाको शीर्ष स्थानमा रहेको बायर्नका लागि नोयरको अनुपस्थिति ठुलो झट्का हुनेछ।

जुलियन नागेल्सम्यानको पक्ष यस सिजनको च्याम्पियन्स लिग जित्ने दाबेदारको मध्ये थियो तर स्टार गोलकिपर मानुएल नोयर बिना बायर्नलाई समस्या हुने छ। बायर्नका वर्तमान रिजर्भ गोलकिपर स्वेन उलरिच हुन्, जसले यस सिजन तीन बुन्डेसलिगा खेल खेलेका छन्।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ