आरबी लाइपजिगका स्टार स्ट्राइकर टिमो वर्नरले लिभरपूलका म्यानेजर जर्जेन क्लोपको प्रशंसा गरेका छन्।
वर्नरले यस हप्ताको रेड बुल लाइपजिगको च्याम्पियन्स लिगमा स्पर्स बिरुद्धको खेल पछि कुरा गर्दै जर्जेन क्लोपको प्रशंसा गरेका हुन्।
Timo Werner to Sky Germany after Leipzig beat Schalke 5-0: “Jurgen Klopp is the best coach in the world. There is a lot to suggest that my style of play would suit there (Liverpool).” Via @Plettigoal
— DaveOCKOP (@DaveOCKOP) February 22, 2020
“जर्जेन क्लोप विश्वका सर्वश्रेष्ठ प्रशिक्षक हुन्,” उ नले स्काइ ड्युचल्याण्डलाई भने।
“मलाई धेरै सुझाव आएको छ कि मेरो खेलको शैली त्यहाँ (लिभरपूलमा) धेरै उपयुक्त हुने छ।”
यो २३ बर्षेका स्टारलाई साइन गर्न लिभरपूल धेरै उत्साहित रहेको खबरहरु आउँदा वर्नरको यस्तो भनाइले झन् चर्चा बढेको छ।
Timo Werner after Leipzig’s game today against Schalke: “Klopp is the best coach in the world. I think his team’s style of play would suit my game.” pic.twitter.com/fRFleVjhPi
— Anfield Edition (@AnfieldEdition) February 22, 2020
“मलाई थाहा छ कि लिभरपूल यस समय संसारको सर्वश्रेष्ठ टोली हो र जब मेरो नाम यस्तो टोलीसँग जोड्ने गर्छ, मलाई धेरै गर्व महसुस हुनेगर्छ ।”