क्रिस्टियानो रोनाल्डोले प्रशिक्षक ओले गुनरलाई अबदेखि आफुलाई बेन्चमा नराख्न भनेर म्यासेज पठाएका छन ।
एभर्टनविरुद्धको खेलमा गुनरले रोनाल्डोलाई सुरुवाती ११ मा बेन्चमा राखेका थिए । त्यो खेलमा युनाइटेड एक एक गोलको बराबरीमा रोकिएको थियो ।
३६ बर्षे रोनाल्डोले आफ्ना प्रशिक्षकले अबदेखि यस्तो कुरा नदोहोरियोस भनेर म्यासेज नै पठाएका छन ।
यसअघि पनि रोनाल्डोलाई लिग कपको खेलमा वेष्ट हामसँग पराजित हुँदा बेन्चमा राखिएको थियो ।
द सनका अनुसार रोनाल्डोले नर्वेजियन प्रशिक्षकलाई भविष्यमा यस्तो कुरा नदोहोरियोस भने बताएका छन ।
उनले क्लवबाट हरेक मिनेट खेल्न चाहेको बताउँदै फिट भएको अवस्थामा आफुले खेल्न पाउनुपर्ने बताएका छन । जसका कारणपनि गुनर केहि दबावमा आएको बताइएको छ ।
पोर्चुगलबाट लक्जेम्बर्गविरुद्धको खेलमा पाँच शुन्यको जित निकाल्दा ह्याट्रिक गरेका रोनाल्डो त्यसपछि प्रिमियर लिगमा फर्किएसँगै बेच्नमा बस्नुपरेको थियो । जसका कारण उनी निकै रिसाएका थिए ।
तर गुनरले रोनाल्डोले एभर्टनविरुद्धको खेलमा उनलाई आराम दिने भनेर पहिले नै जानकारी दिएको यसमा ठुलो समस्या नभएको बताएका छन ।