अर्जेन्टिना तथा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनका स्टार खेलाडी लियोनेल मेस्सीले फ्रेन्च लिग वान स्पेनिस लिग ला लिगा भन्दा शारीरिक रूपमा बलियो छ भनेका छन् ।
🗣️ Lionel Messi: “The French League is physically stronger than La Liga.” pic.twitter.com/iagMJS9o7d
— Barça Worldwide (@BarcaWorldwide) October 8, 2021
मेस्सीले भने, “शारीरिक रूपमा लिग वान ला लिगा भन्दा निकै बलियो छ । यहाँ क्लबहरु बलियो र खेलहरु निकै प्रतिस्पर्धात्मक छन्, स्पेस पाउन पनि यहाँ निकै गाह्रो छ । धेरै जस्तो खेलाडीहरु बलिया छन्” ।
बार्सिलोनामा नयाँ सम्झौतामा सहमति आउन नसके पछि मेस्सीले बार्साको यात्रामा पुर्णविराम लगाउदै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनमा आवद्ध भएका हुन् ।
🗣️ Lionel Messi: “Physically, the French League is stronger than La Liga. Here the teams are stronger and the matches are competitive, and you don't get a lot of spaces. Most of the players are very strong.” pic.twitter.com/RQZfz8ju3w
— infosfcb (@infosfcb) October 8, 2021
मेस्सीले लिग वानमा सोचेको जस्तो प्रदर्सन गर्न सकेको छैन । ३ खेल खेली सक्दा मेस्सीले एक गोल पनि गर्न सफल भएका छैनन् । यद्यपि, मेस्सीले च्याम्पियन्स लिगमा भने म्यान्चेस्टर सिटीबिरुद्धको जितमा उत्कृष्ट गोल गरेका थिए ।