जब ‘आक्रमक’ खेल नखेली ग्रिसले युरो कप जित्यो

फुटबल खेल बुझ्नेले आक्रामक र रक्षात्मक खेल, दुवैको पक्ष बारे बुझ्ने छ र आक्रामक खेलेर मात्र फुटबल खेल वा प्रतियोगिता जित्ने कुनै ग्यारेन्टी हुँदैन र युरो २००४मा ग्रिसले सो कुरा प्रमाणित गरेको थियो। २००४को युरो कप ग्रिसले जित्ने छ भनेर कसैले अपेक्षा गरेको थिएन र ग्रिसको डिफेन्सिभ खेलको धेरै आलोचना पनि भएको थियो तर अन्त्यमा पोर्चुगललाई पराजित गर्दै ग्रिसले इतिहास बनाएको थियो।

२००४ युरो कप ग्रिसको फुटबल इतिहासको केवल दोस्रो युरो कप प्रतियोगिता रहेको थियो र त्यो भन्दा अगाडी १९८०को युरोमा ग्रिसले खेलेको थियो भने २४ वर्ष पछि ग्रिसले फेरी युरो खेल्दा उक्त प्रतियोगिता नै जितेर ग्रिसले इतिहास बनाएको थियो।

प्रतियोगिताको ‘ग्रुप ए’मा ग्रिस आयोजक पोर्चुगल, फुटबल पावर हाउस स्पेन र रसिया सँग रहेको थियो समूह चरणबाट अगाडि बढ्ने ग्रिसको सम्भावना धेरै कम थियो र ग्रिस क्वार्टरफाइनलमा पुग्ने कसैको अपेक्षा थिएन तर आयोजक पोर्चुगल सँग २-१को जित र रसिया सँगको बराबरी पछि सबैलाई चकित पार्दै १ जित, १ बराबरी र १ हारको साथ ग्रिस क्वार्टर फाइनलमा पुग्यो।

पोर्चुगल सँगको जित पछि ग्रिसको खेलको धेरै आलोचना भएको थियो। आफ्नो देशको समर्थकहरूको पूर्ण समर्थन पाएको ग्रिसको विदेशी फ्यान, खेलाडी र मिडियाद्वारा भने आलोचना भएको थियो। डिफेन्सिभ खेल खेलेको ‘नेगेटिभ’ फुटबल खेल खेलेको भनेर ग्रिस माथि धेरै आलोचना भए पनि ग्रिसले आफ्नो लय जारी राख्यो र फाइनलमा पुग्न फ्रान्स र चेक गणतन्त्र जस्तो टिम सँग क्वार्टर फाइनल र सेमी फाइनलमा १-० जित निकाल्दै ग्रिस फाइनलमा पुग्यो र फाइनलमा आफ्नो सबैभन्दा ठुलो आलोचक पोर्चुगल सँग ग्रिसको फेरी भेट भयो। फाइनलमा पनि ग्रिसले पोर्चुगललाई पराजित गर्‍यो र ग्रिसले इतिहास बनाउँदै युरो २००४को उपाधि जित्यो।

अझै पनि ग्रिसको उक्त जितको बारे धेरै चर्चा हुने गर्छ भने डिफेन्सिभ खेलको आलोचना हुँदा ग्रिसको युरो सफलता उदाहरण बन्न गर्छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ