च्याम्पियन्स लिगअन्तर्गत स्पेनिस क्लब बार्सिलोना र जर्मन च्याम्पियन बायर्न म्युनिखबीचको खेल दर्शकबिनाको बन्द रङ्गशालामा हुने भएको छ ।
कोरोना भाइरसको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ युरोपियन मुलुकहरूमा पनि देखिन थालेपछि आगामी साता बायर्नको मैदानमा हुने उक्त खेल बन्द रङ्गशालामा हुने भएको हो ।
जर्मनीको स्थानीय सरकारले कोभिड–१९ को नयाँ भेरिएन्टलाई मध्यनजर गर्दै यो खेलका लागि दर्शकलाई मैदान प्रवेशमा रोक लगाएको हो । यसअघि अक्टोबरमा भएको खेलमा बार्यनले ७५ हजार दर्शकलाई रङ्गशाला प्रवेश गराएको थियो ।
समूह चरणको अन्तिम खेलअन्तर्गत ८ डिसेम्बरमा एलियान्ज एरिनामा बायर्न र बार्सिलोनाको खेल हुँदै छ । आफ्नो विजयी यात्रा कायमै राखेको बायर्न समूह ‘ई’ विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरिसकेको छ भने बार्सिलोना पनि अघिल्लो चरणमा पुग्ने लक्ष्यमा छ ।