चेल्सी दशौें स्थानमा

इङलिस प्रेमिएर लिग अन्तर्गत बिहिबार राती भएको खेलमा चेल्सीले म्यान्चेस्टर सिटीबिरुद्ध हार बेहोरेको छ ।

स्ट्याम्फोर्ड ब्रीड्जमा भएको खेलमा चेल्सी म्यान सिटीसंग १-० ले हारेको हो ।

यद्यपि, सिटीका लागि ६३ औं मिनेटमा रियाद माह्रेजले बेन्चबाट आएको केहि समयमै गोल गर्दै जित दिलाएका हुन् । ज्याक ग्रीलिस जो माह्रेजसंगै ६० औं मिनेटमा मैदान प्रवेश गरेका थिए, उनले असिस्ट गरेका थिए ।

यस सिजन चेल्सी राम्रो लयमा नदेखेको छैन ।

चेल्सी हाल १० औं स्थानमा रहेको छ भने म्यान्चेस्टर सिटी दोस्रो स्थानमा रहेको छ ।