चेल्सीले ६० मिलियनमा किनेको डिफेन्डरलाई १६ वर्षीय खेलाडीलेनै यसरी ‘लाचार’ बनाए पछि

हालै प्रिमियर लिग क्लब चेल्सीले एस्टन भिल्ला सँग मैत्रीपूर्ण खेल खेलेको थियो उक्त खेलमा चेल्सीले १-०को हार बेहोरेको थियो तर उक्त हार भन्दा पनि चेल्सीको नयाँ स्टार लेफ्ट-ब्याक मार्क कुकुरेलाको चर्चा हुँदै गरेको छ।

कुकुरेलालाई गर्मीको ट्रान्सफर विन्डोमा चेल्सीले ६० मिलियन युरोमा ब्राइटनबाट साइन गरेको थियो तर उनको फम चेल्सीमा धेरै राम्रो हुन सकेको छैन भने एस्टन भिल्ला बिरुद्धको खेलमा उनलाई भिल्लाका १६ वर्षीय खेलाडी काडेन यंगले ‘लाचार’ बनाए पछि उक्त भिडियो हाल धेरै भाइरल हुँदै गएको छ।

खेलको ९०औँ मिनेटमा १-०को अग्रता रहेको भिल्लाले फेरी चेल्सी माथि अट्याक गरेको थियो। भिल्लाका १६ वर्षीय खेलाडी काडेन यंगले आफ्नै हाफबाट बललाई चेल्सीको डि-बक्स सम्म लागे र उनलाई रोक्न लेफ्ट-ब्याक कुकुरेलाले धेरै सङ्घर्ष गरे र असफल रहे भने सो क्रम उनी लड्न पनि पुगे।

१६ वर्षीय खेलाडीले नै ६० मिलियनमा आएका स्टार लेफ्ट-ब्याक मार्क कुकुरेलालाई लाचार बनाए पछि सो क्षणको भिडियो हाल धेरै भाइरल हुँदै गरेको छ भने चेल्सी फ्यानहरूले कुकुरेलाको आलोचना पनि गरेका छन्।

उक्त खेल भने चेल्सीले १-०ले हारेको थियो। खेलको ७औ मिनेटमा भिल्लाका जोन म्याकगिनले गोल गर्दै भिल्लालाई अग्रता दिलाएका थिए र खेलमा थप गोल हुन नसक्दा चेल्सीलाई भिल्लाले मैत्रीपूर्ण खेलमा चकित गरेको थियो।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ