चेल्सीले भित्र्यायो फ्रेन्च स्ट्राइकर

चेल्सीले फ्रान्सेली स्ट्राइकर क्रिस्टोफर एनकुनकुलाई अनुबन्ध गरेको छ ।

चेल्सीले जर्मन क्लब आरबी लाइपजिगबाट स्ट्राइकर एनकुनकुलाई अनुबन्ध गरेको छ ।

चेल्सीले एनकुनकुलाई ५२ मिलियन पाउन्डमा अनुबन्ध गरेको हो ।

२५ वर्षीय स्ट्राइकरले गत सिजन बुन्डेसलिगामा २५ खेल खेल्दै १६ गोल गरेका थिए ।

फ्रान्सका लागि एनकुनकुले १० खेल खेलेका छन् ।