चेल्सीले भित्रायो नयाँ डिफेन्डर

प्रिमियर लिग क्लब चेल्सीले ४५ मिलियन युरोमा भित्राएको नयाँ डिफेन्डर एक्सेल डिसासीलाई सार्वजनिक गरेको छ।

२५ वर्षीय फ्रेन्च डिफेन्डरलाई चेल्सीले फ्रेन्च क्लब मोनाकोबाट ४५ मिलियन युरोमा साइन गरेको हो भने उनलाई चेल्सीले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको हो।

प्रि-सिजन खेलको क्रममा चेल्सीले आफ्नो भरपर्दो डिफेन्डर फोफानालाई चोटको कारण गुमाए पछि चेल्सीले नयाँ डिफेन्डरलाई साइन गर्ने योजना बनाएको थियो भने चेल्सीले २५ वर्षीय फ्रेन्च डिफेन्डरलाई साइन गर्ने निर्णय लिएको छ।

एक्सेल डिसासीले हाल सम्म मोनाकोको लागि १२९ खेल खेलेका छन् र सो क्रममा उनले १२ गोल र ४ असिस्ट पनि गरेका छन्।

एक्सेल डिसासी सामान्यतया सेन्टर ब्याकको पोजिसनमा खेल्ने गर्छन् भने उनी सँग राइट ब्याकमा पनि खेल्न सक्ने क्षमता रहेको छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ