चेल्सीले पूर्व पिएसजी कोच भित्राउने 

प्रिमियर लिग क्लब चेल्सीले आफ्नो कोच ग्राहाम पोटरलाई बर्खास्त गरे पछि हाल चेल्सी कोच विहीन रहेको छ भने यो सिजन अन्त्य भए पछि नयाँ कोच भित्राउने योजनामा रहेको चेल्सीले नयाँ कोचको रूपमा कसलाई नियुक्त गर्ने भनेर निर्णय गरेको जानकारी छ।

रिपोर्ट अनुसार चेल्सीले अर्जेन्टाइन कोच मौरिसियो पोचेटिनोलाई भित्राउने निर्णय लिने छ। पूर्व पिएसजी कोच सँग प्रिमियर लिगको पनि राम्रो अनुभव रहेको छ। उनको नेतृत्वमा प्रिमियर लिग क्लब टोटेनह्याम च्याम्पियन्स लिगको फाइनलमा पुगेको थियो।

उनलाई पिएसजीले २०२२को जुलाईमा बर्खास्त गरेको थियो र हाल क्लब विहीन रहेका पोचेटिनो अर्को सिजन चेल्सीको कोचको रूपमा फर्किने धेरै सम्भावना रहेको रिपोर्ट छ।

नयाँ कोचको पदको लागि चेल्सी जुलियन नागेल्सम्यान र लुइस एनरिके सँग पनि सम्पर्कमा रहेको थियो भने धेरै वार्ता पछि चेल्सीले पोचेटिनोलाई साइन गर्ने निर्णय लिएको जानकारी छ।

यो सिजन प्रिमियर लिग क्लब चेल्सीको खराब फम अझै जारी रहेको छ जसको कारण चेल्सीले दुई पटक आफ्नो कोचलाई बर्खास्त गरेको छ र चेल्सीले अन्तरिम म्यानेजरको रूपमा फ्र्यांक लाम्पार्डको नियुक्तमा खेलेको थियो।

यो सिजन चेल्सीले दुई पटक आफ्नो म्यानेजरलाई बर्खास्त गरेको थियो। जर्मन कोच टुचेललाई बर्खास्त गर्दै चेल्सी ग्राहम पोटरलाई भित्राएको थियो भने केही दिन अघि मात्र उनलाई पनि बर्खास्त गर्दै चेल्सीले आफ्नो लेजेन्द खेलाडी र पूर्व कोच फ्र्यांक लाम्पार्डलाई अन्तरिम म्यानेजरको रूपमा नियुक्त गरेको थियो र उनको नेतृत्वमा चेल्सीले आफ्नो ४ खेल हारेको छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ