चेल्सीले आफ्नो स्टार फोवार्डलाई बेच्न सक्ने

प्रिमियर लिग क्लब चेल्सीले आफ्नो स्टार फोवार्ड पियरे-एमरिक औबामेयाङलाई बेच्न सक्ने जानकारी छ।

२०२२को सेप्टेम्बरमा बार्साबाट प्रिमियर लिग क्लब चेल्सीमा आएका स्टार पियरे-एमरिक औबामेयाङको खेल चेल्सीमा सोचे अनुरूप हुन सकेको छैन भने हाल उनी टिममा पनि पर्न नसकेको बेला औबामेयाङ आफ्नो स्थितिबाट खुसी छैनन् र उनी चेल्सी छोड्ने प्रयासमा रहेको बेला उनलाई साइन गर्न टर्कीको क्लब फेनरबाचे इच्छुक रहेको छ।

हाल रिपोर्ट अनुसार फेनरबाचे उनलाई साइन गर्न इच्छुक रहेको छ र राम्रो प्रस्ताव आए उनलाई बेच्न चेल्सी पनि तयार हुने छ।  चेल्सीको लागि १७ खेलमा उनले केवल ३ गोल गरेका छन् चेल्सीले च्याम्पियन्स लिगको टिमबाट उनको नाम पनि हटाएको थियो।

उनलाई सिजनको अन्त्य पछि फेरी साइन गर्न ला लिगा क्लब बार्सिलोना पनि इच्छुक रहेको जानकारी छ। उनलाई वर्षले २०२२को सेप्टेम्बरमा मात्र चेल्सीलाई बेचेको थियो।

बार्सा र चेल्सीको लागि खेल्नु अगाडी आर्सनलमा औबामेयाङको खेल निकै उत्कृष्ट रहेको थियो- आर्सनलमा १६३ खेल खेल्दै उनले ९२ गोल र २१ असिस्ट गरेका थिए तर २०२२मा आर्सनलका कोच मिकेल आर्टेटा सँग उनको सम्बन्ध खराब हुने पुगे पछि आर्सनलले उनी सँगको सम्झौता रद्द गर्दै उनलाई बार्सामा जान अनुमति दिएको थियो।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ