चेल्सीले आफ्नो खेलाडीहरु इंग्ल्यान्ड फिर्ता बोलायो

चेल्सीले आफ्ना विदेशी खेलाडीलाई इंग्ल्यान्ड फर्कन भनेको छ । ब्राजिलका विलियनसँगै केही प्रमुख विदेशी खेलाडी कोरोना भाइरस संक्रमणको महामारी फैलिएपछि घर फर्केका थिए ।

इंग्लिस प्रिमियर लिग जुनमा फेरि सुरु हुन सक्ने सम्भावनाबीच चेल्सीले आफ्ना विदेशी खेलाडीलाई इंग्ल्यान्ड फर्कन भनेको हो । अहिले तत्काल अन्तर्राष्ट्रिय उदान रद्द रहेको स्थितिमा चेल्सीले आफ्ना विदेशी खेलाडीलाई इंग्ल्यान्ड फर्कन उदार नीति भने अपनाउने छ ।

ब्राजिलमै जन्मेका एमरसन र अमेरिकाका क्रिस्टियन पुलिसिच पनि आ–आफ्नो देशमा फर्केका थिए । इंग्ल्यान्ड फर्केयता पनि विदेशी खेलाडीले १४ दिन क्वारेन्टाइनमा बिताउनु पर्नेछ ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ