चेल्सीलाई पछि पार्दै पिएसजीले भित्रायो स्टार मिडफिल्डर

फ्रेन्च क्लब पिएसजी २२ वर्षीय उरुग्वेन मिडफिल्डर म्यानुअल उगार्टे साइन सफल भएको छ र उनलाई साइन गर्न पिएसजीले प्रिमियर लिग क्लब चेल्सीलाई पछि पारेको छ।

पोर्चुगिज क्लब स्पोर्टिङ सीपीमा खेल्दै गरेका डिफेन्सिभ मिडफिल्डर म्यानुअल उगार्टेलाई साइन गर्न चेल्सी धेरै नजिक रहेको थियो तर उक्त दौडमा फ्रेन्च क्लब पिएसजी सामेल भए पछि चेल्सी पछि हटेको थियो भने हाल रिपोर्ट अनुसार उनलाई साइन गर्न पिएसजी सफल भएको छ।

पिएसजीले म्यानुअल उगार्टे संग ५ वर्षको सम्झौता गरेको जानकारी छ भने उनको लागि पिएसजीले ६० मिलियन युरो तिर्ने छ जसको पहिलो भुक्तानी २०२४ देखि हुने इटालियन रिपोर्टर फाब्रिजियो रोमानोले जनाएका छन्।

२२ वर्षीय डिफेन्सिभ मिडफिल्डर म्यानुअल उगार्टेलाको खेल निकै उत्कृष्ट रहेको छ जसको कारण धेरै युरोपियन क्लबहरूको नजर उनी माथि परेको छ।

२०२१मा पोर्चुगिज क्लब स्पोर्टिङ सीपीमा एक म्यानुअल उगार्टे छोटो समयमै क्लबको एक महत्त्वपूर्ण खेलाडीको रूपमा स्थापित भएका छन्। उनले हाल सम्म स्पोर्टिङको लागि ८५ खेल खेल्दै १ गोल र २ असिस्ट गरेका छन्।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ