चेल्सीको मिडफिल्डर भित्राउन म्यानचेस्टर युनाइटेड सफल 

प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले आफ्नो लिग प्रतिद्वन्द्वी क्लब चेल्सीबाट ६० मिलियन पाउन्डमा मिडफिल्डर मेसन माउन्टलाई साइन गरेको छ।

 

२४ वर्षीय मिडफिल्डर चेल्सी छोड्ने प्रयासमा रहेका थिए भने हाल रिपोर्ट अनुसार उनलाई साइन गर्न म्यानचेस्टर युनाइटेडले चेल्सी सँग सम्झौता गरेको छ र उनको लागि युनाइटेडले ५५ मिलियन पाउन्ड र ५ मिलियन पाउन्ड बोनस तिर्ने छ।

चेल्सीको युथ एकेडेमी उत्पादन रहेका माउन्ट धेरै समय देखि चेल्सीमा रहेका छन् तर २०२४मा उनको चेल्सी सम्झौता अन्त्य हुने छ र उनले हाल सम्म चेल्सी सँग सम्झौता विस्तार नगरे पछि उनलाई बेच्न चेल्सी बाध्य रहेको थियो भने माउन्ट पनि क्लब छोड्ने प्रयासमा रहेका थिए।

हाल रिपोर्ट अनुसार उनको ट्रान्सफरको लागि म्यानचेस्टर युनाइटेड र चेल्सी बिच ६० मिलियन सम्मको ट्रान्सफर शुल्कमा सम्झौता भएको छ र माउन्ट युनाइटेडमा खेल्ने छन्।

माउन्टले हाल सम्म चेल्सीको सिनियर टिममा १९५ खेल खेलेका छन् र सो क्रममा उनले ३३ गोल र ३७ असिस्ट गरेका छन्।

 

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ