चेल्सीका स्टार खेलाडीले विपक्षी टिमको कुरा सुन्न खोजे पछि

आइतबार प्रिमियर लिगमा डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले चेल्सीको सामना गरेको थियो। निकै रोमाञ्चक बनेको खेल ४-४को स्कोरमा अन्त्य भएको थियो भने हाल उक्त खेलको एक हास्यास्पद क्षण निकै भाइरल हुन पुगेको छ।

खेलको क्रममा म्यान सिटीका खेलाडीहरू एक अर्का सँग रणनीतिक छलफल गर्ने क्रममा चेल्सीका कोल पाल्मर- जो पूर्व म्यान सिटी खेलाडी हुन्, उक्त सिटी खेलाडीहरूको वार्ता सुन्न प्रयास गर्न गए।

कोल पाल्मरको उक्त प्रयासबाट सिटीका खेलाडीहरू भने खुसी थिएनन् र कोललाई म्यान सिटीका स्टार स्ट्राइकर हालान्डले धकेल्दै सिटीको खेलाडीहरूबाट टाढा लगे र हाल उक्त हास्यास्पद क्षणको भिडियो निकै भाइरल हुँदै गएको छ।

उक्त खेल भने ४-४को बराबरीमा अन्त्य भएको थियो। दुवै टिमले खेलमा अग्रता पाए पनि दुवै टिम अग्रता जोगाउन असफल भए पछि खेल बराबरीमा अन्त्य भएको थियो। बराबरी बाबजुद सिटी २८ अङ्कको साथ लिगको शीर्ष स्थानमा रहेको छ भने चेल्सी १६ अङ्कको साथ दसौँ स्थानमा रहेको छ।

 

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ