चेल्सीका मिड्फिल्डर म्यान्चेस्टर सिटीमा अनुबन्ध

इङलिस प्रेमिएर लिग क्लब म्यान्चेस्टर सिटीले चेल्सीका मिड्फिल्डर भित्र्याउन सफल भएको छ ।

क्रोएसीयाका खेलाडी माटेओ कोभासिस्च भित्र्याउन म्यान्चेस्टर सिटीले £३० मिलियन खर्चने चर्चित पत्रकार फ्याब्रीजियो रोमानोले जनाएका हुन् ।

उनको मेडिकल भने केहि दिनमा हुनेछ ।

२९ वर्षिय मिड्फिल्डरले २०१८ मा रियल म्याड्रिड छाड्दै चेल्सी आएका थिए ।

रियलबाट ३ र चेल्सीबाट १ च्याम्पियन्स लिग जितेका उनले सिटीका जर्मन मिड्फिलडर गुन्डोगानको स्थान लिने देखिन्छ ।

गुन्डोगानको सिटीसंगको सम्झौता २०२३ जुनको अन्तिम सम्म मात्र रहेको छ ।