चेल्सीका गोलकिपर लोनमा रियल म्याड्रिड जाने

इङलिस क्लब चेल्सीका स्पेनिस गोलकिपर केपा स्पेनिस क्लब रियल म्याड्रिड जाने भएको छ ।

रियलले आफ्नो पहिलो रोजाईको गोलकिपर कोर्टुवा घाइते भएपछि उनको स्थानमा अनुभवी गोलकिपरको खोजीमा रहेको थियो ।

चेल्सीले ब्राइटनका गोलकिपर रोबर्ट सान्चेज भित्र्याएपछि केपाले पहिलो रोजाईमा खेल्न नपाउने भएको र खेल्ने मौकाको लागि उनी नयाँ क्लबको खोजीमा थिए ।

यद्यपि, केपा रियलमा एक वर्षको लागि लोनमा जाने बुझिएको छ ।