ग्रेमेओ र अभेन्डाबिचको खेलमा झडप

एजेन्सी । ग्रेमेओ र अभेन्डाबिचको खेलमा झडप हुँदा आर्मीले नियन्त्रण गर्नु परेको थियो । यो झडपको केन्द्रमा लुइस सुआरेजको नाम जोडिएको छ ।

सुआरेजको चलाखी पुर्ण मुभमा ग्रेमेओले गोल गर्दा अभेन्डाका खेलाडी आक्रोशित बनेको थियो ।

अभेन्डाका खेलाडिले रेफ्रिलाई गोल मान्यता नदिन आग्रह गर्दै बिरोध गरे ।

सुआरेजले फ्रि-किकबाट पाएको बल फ्रान्को क्रिस्टाल्डोलाई अस्सिट गर्दै थप एक गोल गरेका थिए ।

ग्रेमेओले गोल गरे पछि अभेन्डाका खेलाडिले रेफ्रिसंग विवाद गरे पछि कप्तान माइकल र मिडफिल्डर मार्साओलाई रातो कार्ड देखाइएको थियो ।

सुआरेजले ग्रेमेओसंग दुई वर्षे सम्झौता गरेका छन् ।