ग्यारेथ बेल नायक बन्दा वेल्सलाई पनि अंक

विश्वकप फुटबलमा वेल्स र अमेरिकाले बराबरी खेल्दै अंक बाडेका छन् ।

अहमद बिन अलि स्टेडियममा सोमबार राति भएको खेलमा वेल्स र अमेरिकाले १-१ गोलको बराबरी खेलेका छन् ।

खेलको ३६औं मिनेटमा टिमोथी वेहले गोल गर्दै अमेरिकालाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ८२औं मिनेटमा बेलले पेनाल्टीबाट गोल गर्दै वेल्सलाई १-१ गोलको बराबरीमा ल्याए ।

अमेरिकाका वाल्कर जिमरम्यानले बेललाई फउल गर्दै पेनाल्टी क्षेत्रभित्र लडाएपछि वेल्सले पेनाल्टी पाएको थियो । जसमा बेलले सहजै गोल गरे ।

यस बराबरीसँगै वेल्स र अमेरिकाले एक एक अंक पाएका छन् ।

समूह ‘बी’ मा रहेको वेल्स १ अंक जोडेर तेस्रो स्थानमा रहेको छ भने अमेरिका १ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।