गोट बहसको अन्त्य भयो- फिफा 

फुटबल सुपरस्टार मेस्सीले अर्जेन्टिनालाई २०२२को विश्व कप जिताए पछि विश्व फुटबलको सर्वोच्च निकाय फिफाले फुटबलको गोट, अर्थात् सबै समयको महान् खेलाडी को रहेको बहसको अन्त्य भएको भन्दै पोस्ट गरेको छ।

फुटबल जगतमा रोनाल्डो क्रिस्टियानो रोनाल्डो र मेस्सी मध्ये को गोट, अर्थात् सबै समयको महान् खेलाडी को रहेको भनेर धेरै बहस हुँदै आएको छ भने अर्जेन्टिनाले विश्व कप उपाधि जिते पछि फिफाले आफ्नो सामाजिक संजालहरुमा मेस्सीको फोटो राख्दै गोट बहसको अन्त्य भयो भन्दै पोस्ट गरे।

दोस्रो पटक फाइनल पुगेका मेस्सीले यस पटक विश्व कप उपाधि जित्ने आफ्नो सपना पुरा गरे र सो क्रममा उनले आफू सबैभन्दा महान् खेलाडी रहेको पनि प्रमाणित गरे।

लुसिल स्टेडियममा भएको रोमाञ्चक खेलको निर्धारित ९० मिनेट २-२ गोलको बराबरीमा सकिएको थियो । थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा ३-३ गोलको बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो ।

पेनाल्टीमा अर्जेन्टिनाले बाजी मा’र्‍यो । फ्रान्सका केलियन एमबाप्पे र रान्डेल कोलो मुवानीले पेनाल्टीमा गोल गरे ।

तर, किन्सले कोम्यानले, अरुलिन चुवामेनीले गोल गर्न चुके ।

अर्जेन्टिनाका लियोनल मेस्सी, पाउलो डिबाला, लिन्द्रो पाराडेस र गोन्जालोले गोल गरे ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ